नेपाल टी-२० लिग प्रथम संस्करणको विजेता बन्यो लुम्बिनी



काठमाडौं,पुस २७ । नेपाल टी-२० लिग प्रथम संस्करणको लुम्बिनी अल स्टार्स विजेता बनेको छ। लुम्बिनीले आज बिराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै उपाधि जितेको हो।

टस जितेर पहिले ब्याटिङ् रोजेको लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १३३ रन मात्र जोड्न सकेको थियो।

१३४ रनको लक्ष्य पाएको बिराटनगरले २० ओभरमा ८ विकेट गुमाउँदै १०९ रन मात्र जोड्न सक्यो।

प्रतिक्रिया दिनुहोस्