ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,पुस २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालकोट पुगेका छन् । उनी बुधबार साँझ ओलीसंग भेट गर्न ओली निवास बालकोट पुगेका हुन् ।
भेटवार्तामा मन्त्रीहरुको बाँडफाँट विषयमा छलफल हुने बताइएको छ ।
मंगलबार सदनमा कांग्रेससहित बहुमत सांसदको विश्वासको मत पाएका प्रचण्ड सत्ता साझेदार दल एमालेका अध्यक्ष ओली भेट्न बालकोट पुगेका हुन् ।