शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज बौडेश्वर महादेव उपभोक्ता समितीका पदाधिकारीलाई स्वागत



काठमाडौं,पुस २८ । शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज बौडेश्वर महादेव उपभोक्ता समितीका पदाधिकारीलाई स्वागत गरिएको छ ।

बिहीबार शिवपुरी-नागार्जुन राष्ट्रिय निकुन्ज,ढकाल चौर सेक्टर,बौडेश्वर महादेव मध्यवर्ती उपभोक्ता समितिको कार्यालय काठमाडौंमा कार्यक्रम सम्पन्न भएको हो ।

शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज अन्तर्गत बौडेश्वर महादेव मध्यवर्ती उपभोक्ता समितीका ( काभ्रेस्थली,साङ्ला,झोर,टोखा चण्डेश्वरी ) नव निर्वाचित पदाधिकारीलाई स्वागत तथा पदबाहली सम्पन्न भएको हो ।

नवनिर्वाचित पदाधिकारीलाई पूर्व सचिव गोकुल नेपाल, पुर्व सचिव एवं वाडेन कान्ति कडेल लगायतले स्वागत तथा सम्मान गरेका थिए । नवनिर्वाचित समितिका अध्यक्षमा गणेश विडारी यसअघि नै अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्