सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश



काठमाडौं,पुस २८। बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश दिँदै उच्च अदालत पाटनले विदेश जान रोक लगाएकाे छ ।

न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

उनका अनुसार अदालतले धराैटीमा छाड्न आदेश दिए पनि लामिछानेलाई विदेश जान राेक लगाइएकाे छ । एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्