फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं, पुस २९ । शुक्रबार सुनको भाउ बढेको छ। बिहिबार तोलाको १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३ हजार ९ सय रुपैयाँ पुगेको छ ।

तेजाबी सुनको भाउ पनि आज तोलामा ५ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३ सय ६५ रुपैयाँमा कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८९ हजार ८० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८८ हजार ६ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७० रुपैयाँ कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्