लगातार दुई दिन सार्वजनिक बिदा हुने

काठमाडौं,पुस २९ । पुष ३० गते र माघ १ गते लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।
पुष ३० गते शनिबार र माघ १ गते आइतबार माघे संक्रान्तिको अवसरमा सार्वजनिक विदा हुने भएको हो । माघे संक्रान्ति विशेष गरेर थारु र मगर समुदायको विशेष पर्व हो ।
सो दिने शेयर बजार, बैंक तथा वित्तीय संस्थाहरु समेत बन्द हुने छन् ।