टिकट नपाएपछि एमाले छोडेका घनश्याम भुसाल समाजवादीमा प्रवेश

काठमाडौं,पुस २९ । नेकपा एमाले पूर्वउपमहासचिव घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
शुक्रबार एक कार्यक्रमकाबीच भुसाल समाजवादीमा प्रवेश गरेका हुन् । भुसालले ४ मंसिरमा भएको निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेका थिए ।
रूपन्देही-१ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका भुसाल पराजित भएका थिए।