देउवाद्वारा मकर सङ्क्रान्तिको शुभकामना



काठमाडौं, माघ १। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मकर सङ्क्रान्ति एवं माघेसङ्क्रान्तिको शुभकामना व्यक्त गर्दै यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्परा संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्ने बताएका छन् ।

उनले मकर सङ्क्रान्ति(माघेसङ्क्रान्तिका अवसरमा यस दिनलाई विशेष पर्वका रूपमा मनाउने थारू समुदायलगायत अन्य समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा पार्टी र आफ्नोतर्फबाट शुभकामना व्यक्त गरेका छन् ।

सभापति देउवाले नेपालमा प्राचीनकालदेखि विभिन्न जातजातिको बसोबासको सङ्गमस्थल रहेकाले विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाडपर्वको बेग्लै विशेषता रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्