बन्दरगाह नचलेपछि पार्किङ बनाइँदै



काठमाडौं, माघ २ । काठमाडौंको चोभारमा रहेको ‘चोभार सुक्खा बन्दरगाह’मा पार्किङ र गोदाम स्थल बनाउन लागिएको छ ।

व्यापार सहजीकरण गर्न विश्व बैङ्कको सहयोगमा निर्माण भएको बन्दरगाह प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेपछि बन्दरगाहको पूर्वाधारलाई प्रयोगमा ल्याउन पार्किङ स्थल र गोदाम सञ्चालनमा ल्याउन लागिएको हो । आगामी एक साताभित्रमा सञ्चालनमा ल्याउने तयारी गरिएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

व्यापार सहजीकरण गर्ने उद्देश्यका बन्दरगाह निर्माण गरी सञ्चालनमा आएको नौ महिनासम्म पनि प्रभावकारी रूपमा सञ्चालन नहुुँदा पूर्वाधारको अधिकतम प्रयोग गर्न बन्दरगाहलाई लजिस्टिक हबका रूपमा सञ्चालन गर्न लागिएको हो ।

समितिका कार्यकारी निर्देशक आशिष गजुुरेलले बन्दरगाह आगामी एक सातामा ‘लजिस्टिक हब’का रूपमा सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए ।

सुुक्खा बन्दरगाहमा रहेको ९० रोपनी जग्गामा एक साताभित्रमा हब सञ्चालन गर्ने तयारी गरिएको उनले जानकारी दिए। सुुक्खा बन्दरगाह प्रभावकारी रूपमा सञ्चालन नआएपछि पूर्वाधारको प्रयोग गर्न पार्किङ स्थल, गोदाम र सामान प्याकेजिङका रूपमा प्रयोग गर्न लागिएको उनको भनाई छ ।

बन्दरगाहमा बनेको पूर्वाधारलाई अधिकतम प्रयोग गर्ने उद्देश्यसहित पार्किङ स्थल गोदाम र सामान प्याकेजिङको सुविधा उपलब्ध गराउन लागिएको हो।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्