नुवाकोट छहरेवासीले हवाई दुर्घटनामा ज्यान गुमाउनेको नाममा दीपप्रज्वलन



नुवाकोट,माघ २ । जिल्लाको लिखु गाउँपालिका ६ छहरेबजार वासीले हवाई दुर्घटनामा ज्यान गुमाउनेको नाममा दीपप्रज्वलन गरेका छन् ।

सोमबार साँझ पोखरामा भएको अकल्पनिय विमान दुर्घटनामा परी ज्यान गुमाउने ७२ जनाको नाममा दीपप्रज्वलन गरेको स्थानीय अगुवा युवा प्रकाश डङोलले बताए ।

सरकारले पनि सोमबार ज्यान गुमाउनेको सम्झनामा राष्ट्रिय झण्डा आधा झुकाउदै शोक दिवस सम्पन्न गरेको छ ।

आइतबार बिहान १०ः३२ मा काठमाडौँबाट उडेको यती एयरलाइन्सको जहाज पोखरा महानगरपालिका–१५ नयाँ गाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको थियोे । विमानमा ६८ यात्रु र चालकदलका चार सदस्यसहित ७२ जना थिए । दुर्घटनामा सबैको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्