गुल्मी इस्मामा ६० वर्ष माथीका नागरिकको निःशुल्क मुटु परिक्षण



गुल्मी,माघ २ । मुटु शरीरको संवेदनशील अङ्ग भएकाले यसको सुरक्षा आवश्यक हुने गर्दछ । मुटुको समय समय चेक जाँच पनि गर्नु पर्दछ । यसैलाई मध्य नजर राखेर गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले ६० बर्ष माथिका नागरिकको निःशुल्क मुटु परिक्षण शिबिर सम्पन्न गरेको छ ।

गाउँपालिकाले वडानम्बर २ को छल्दीमा माघे सक्रान्तीको अबसर पारेर दिर्घारोगि अपाङ्गता र ६० बर्ष माथिका नागरिकको निशुल्क मुटु परिक्षण गरेको हो । निःशुल्क स्वास्थ्य शिबिरमा ३ सय जनाले मुटु परिक्षण गराएका थिए ।गाउँघरमा तिर रोग नलागेसम्म चेकजाँच गर्ने प्रचलन छैन् । कतिपय रोग बेलैमा थाहा पाए छिटो निदान पनि हुन्छन् ।

गाउँको यहिँ अवस्थालाई मध्य नजर राखेर इस्मा गाउँपालिकाले एक दिने मुटु परिक्षण आयोजना गरेको गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवरले बताइन् । जिल्लामै बिशहेषज्ञ डक्टरको सेवा नभएकाले पालिका भित्र का नागरिकको बिशेषज्ञ डक्टरबाट चेक जाँच गरेर नागरिकको समय र खर्च बचत गर्नु मुख्य उदेश्य रहेको उपाध्यक्ष कुँवरले बताइन् । निशुल्क मुटुरोग परिक्षणमा गाउँपालिका भित्रका बिरामीहरुको सहभागिता रहेको थियो । गाउँघरमै मुटु रोगको परिक्षण गर्न पाउदा स्थानीय खुसी भएका थिए । यहि सेवा लिन पाल्पा बुटवल काठमाडौं सम्म पुग्नु पर्ने बाध्यतामा रहेकाले अहिले घर छेउमै चेकजाँच गराउन पाउदा खुसी लागेको इस्मा गाउँपालिका वडानम्बर १ की नेत्रकुमारी खनालले बताइन ।

उनले बुटवलबाट औषधी खाने गरेकाले त्यहि सेवा यहाँ पाएकोमा गाउँपालिकालाई धन्यवाद दिइन् । अनेत्र जाँदा पैसा, समय र सँगै अर्को मान्छे पनि जान पर्ने भएकाले समस्या हुने गरेको उनको भनाई छ । मुटु परिक्षण गर्न पुगेका बिरामीहरुले अरु रोगका बिशेषज्ञ डक्टरहरु ल्याएर यस्तै शिबिर राख्नुपर्ने स्थानीय यमबहादुर कुँवरले बताए । उनले मुटु रोगको पनि बेला बेलामा यस्तै बिशिर राखेर यहाँका बद्ध र आर्थिक अवस्था कम्जोर भएका नागरिकलाई सेवा दिनुपर्नेमा जोड दिए ।

बिरामीहरुले खुसी थिए । शिबिरमा काठमाडौंबाट आएक मुटुरोग बिशेषज्ञ डक्टर सुमन्त बञ्जाडे सहित ८ जना डक्टरहरुको बिरामीहरुको चेकजाँच गरेका थिए । शिविरमा इसिजी, इको, रक्त परीक्षण, निःशुल्क औषधिलगायत सेवा प्रदान गरिएको थियो । शिबिरमा मुटुरोग बिशेषज्ञ डाक्टरहरुले मुटु रोग र उच्च रक्तचाप बारे प्रर्शिक्षण समेत दिएका थिए ।

धुम्रपान, मद्यमान नगर्ने, चिल्लो पिरो नखाने, माछामासु कम खाने र दैनिक ब्यायाम गरे मुटु रोगबाट बच्न सकिने चिकित्सकहरुले बताएका थिए । विशेषगरी मुटु र प्रेसरका विरामीहरु सचेत हुनुपर्ने र आहार विहारमा ध्यान पुरयाउनु पर्ने चिकित्सकहरुको सुझाव थियो । इस्मा गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार निशुल्क स्वास्थ्य बिशिर राखिएको गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले बताए । उनले यस गाउँपालिका भित्र रहेका नागरिकहरुको स्वास्थ्य प्रति गाउँपालिका सधै सम्बेदनशिल रहेकाले बताए ।

आफनो सक्रिय उमेर परिवार र राष्ट्रका लागि योगदान गर्ने उमेर समुहले आफु ६० वर्ष नाघि समेपछि राष्ट्रले गर्नुपर्ने उनिहरु प्रतिको हेरचाह प्रति स्थानीय सरकार दतारुत होस भनेर शिबिर आयोजना गरिएको खड्काले बताए । हाल गुल्मी जिल्लाबाट बिभिन्न रोगका बिशेषज्ञ सेवा लिन पाल्पा, बुटवल, काठमाडौं पुग्नु पर्ने अवस्था रहेको छ ।विरामीहरुलाई शिबिरले पाल्पा बुटवल गएर उपचार गराउने समय र खर्च समेत बचेको छ ।

प्रतिक्रिया दिनुहोस्