कालिञ्चोक दर्शनको आईपीओ बिक्रीमा: कहिलेसम्म दिने आवेदन ?



काठमाडौं,माघ ३ । आजदेखि (माघ ३ गते) कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आजदेखि निष्काशन भएको हो ।

सोमध्ये कम्पनीले १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ भने ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ ।२ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ८ लाख ९६ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा छिटोमा माघ ६ गते र सो अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा माघ १७ गतेसम्म थप हुनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्