राष्ट्रिय सभाको उपनिर्वाचनका लागि तयारी बढाइयो



काठमाडौं, माघ ३। निर्वाचन आयोगले आउँदो माघ २५ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनका लागि तयारी अघि बढाइएको छ ।

आयोगले उपनिर्वाचनको कार्यतालिका प्रकाशित गरेसँगै सोही अनुरूप तयारी अघि बढाएको हो । रिक्त राष्ट्रिय सभा सदस्य पद पूर्तिका लागि सो निर्वाचन गर्न लागिएको हो ।

लुम्बिनी प्रदेशको अन्यतर्फ एक पद हाल रिक्त रहेको छ । तत्कालिन राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि सो स्थान रिक्त भएको थियो ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार आयोगले यहि माघ १० गते मतदाता नामावली प्रकाशन र सो उपर दाबी विरोध प्रक्रिया पूरा गरी मतदाताको अन्तिम नामावली प्रकाशन गर्नेछ । सो निर्वाचनमा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछ ।

यो समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्