९ जना संक्रमित थपिँदा १ जना संक्रमणमुक्त



काठमाडौं,माघ ४ । देशभर पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२९७ जनाको नमूना परीक्षण गरिएको थियो ।

३१५ जनाको पीसीआर र ९४६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार १ जना संक्रमणमुक्त भएका छन् भने देशभर ३२ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्