भैसाही नाकामा प्रसुती गृह सञ्चालन



दाङ,माघ ४ । महिलाहरुको समस्यालाई मध्यनजर गरि राजपुर गाउँपालिकाले नाकाक्षेत्रमा प्रसुती गृह सञ्चालनमा ल्याएको छ ।

राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही नाकामा प्रसुती गृह सञ्चालनमा ल्याईएको हो । नाकाका महिलाहरुलाई गर्भवती हुँदा भारतको भर पर्नुपर्ने बाध्यता थियो । जँगलको लामो बाटो हिँडाईले महिलालाई थप समस्या उत्पन्न हुने गरेको नाकाबासी बताउँछन । आफ्नै देशको स्वास्थ्य कार्यालय पुग्नपनि उत्तिकै सकस हुन्थ्यो । ओकाली ओरालीको हिडाँई र थकाईले महिलाको आदा प्राण बाटोमै सकिने गरेको महिलाहरु पीडा पोख्छन । गर्भवतीको समयमा महिलालाई पौष्टिक तत्व सँगै आरामदायी समयको आबस्यक्ताका बेला बाटोको हिँडाईले थकित हुँदा गर्भपतनमा समस्या हुने गरेको चिकित्सक हरु बताउँछन ।

यिनै समस्यालाई मध्यनजर गर्दै सुरक्षित गर्भपतनका लागि नाकामै प्रसुती गृह सञ्चालनमा ल्याईएको गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकिले बताए । उनले चुनाबका बेला बोलेका कुराहरुलाई सहज तरिकाले पूरा गर्दै सधै जनताको पक्षमा रहने बताए । नाकाबासी महिलाको वास्तविक पिडा आफुले बुझेको र सरकारको अनुभूति दिलाउन सेवा दिन थालिएको उपाध्यक्ष धनपती यादबले बताईन । उनले गर्भवतीको बेला महिलाले भोग्नु परेको पिडालाई अन्त्य गरि छिटो छरितो सेवा दिनेगरी प्रसुती गृह सञ्चालनमा ल्याईएको बताईन ।

यस्तो सुबिधाले दैनिक भोग्नुपरेको पीडा अन्त्य हुने बिश्वास गरिएको छ । गाउँपालिकाले थालेको यो कामलाई नाकाबासीले खुसी ब्यक्त गर्दै स्वागत गरेका छन । बिगत देखि नै भोक्दै आएको नाकाबासीको यस्तो समस्या सधैका लागि अन्त्य भएको छ । नाकाबासीले अब नाकामै बालबच्चाको जन्मदिन सक्ने भएका छन । जसले गर्दा नाकाकबासीमा छुट्टै उमँग छाएको छ ।

प्रसुती गृहमा ३ जना कर्मचारीको ब्यबस्थापन गरिएको छ । २ जना अनमी सहित १ जना अहेब कार्यरत रहने गरि ब्यबस्थापन गरिएको राजपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कमल रोकायले बताए । उनिहरुको तलब सुबिधा गाउँपालिका आफैले ब्यबस्थापन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्