देवराज घिमिरेले एमालेको सबै पदबाट दिए राजीनामा



काठमाडौं,माघ ६ । प्रतिनिधि सभाको सभामुखमा निर्वाचित हुनु भएपछि देवराज घिमिरेले नेकपा (एमाले) को सबै पदबाट राजीनामा दिएका छन् ।

बिहीबार सभामुखमा निर्वाचित भएपछि उनले शुक्रबार एमालेको पार्टी सदस्यता, पार्टीका सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

सभामुखको भूमिका स्वतन्त्र, निष्पक्ष रूपमा निर्वाह गर्नका लागि आफूले पार्टीबाट राजीनामा दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्