एक जना कोरोना संक्रमित थपिए, २ जना निको



काठमाडौं,माघ ७ । नेपालमा आज थप एक जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार ७ सय २७ नमूना परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ सय ६ र एन्टिजेनबाट १ हजार ६ सय २१ जनाको परीक्षण गर्दा एक नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

यस्ते यहि २४ घण्टाको अवधिमा २ जना संक्रमित निको भएका छन्। यो सँगै हाल सक्रिय कोरोना संक्रमितको संख्या २५ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्