मिर्गौला पीडित नुवाकोट पञ्चकन्या भद्रुटारका कुमार गिरीलाई सहयोगको अपिल



नुवाकोट,माघ ७ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५भद्रुटार, सुन्तलेटारका मिर्गौला पीडित कुमार गिरीलाई सहयोगको अपिल गरिएको छ ।

दुबै मिर्गौला फेल भई लामो समयदेखि शिक्षण अस्पतालमा उपचराररत गिरीको थप उपचारार्थ रकम अभाव भएकाले आर्थिक सहयोगका लागि सबैसँग अनुरोध गरिएको हो ।

उपचारका क्रममा धेरै रकम खर्च भैसकेको र मृगौला प्रत्यारोपणका लागि आवस्यक रकम जुटाउन र सहयोग गरिदिन परिवारजनले आग्रह गरेका हुन ।

पीडित कुमार गिरीलाई सहयाेग गर्न चाहनेले कुमार गिरीकाे बैक खाता (कुमारी बैक फुटुङ शाखा) नम्बर १८२०१५५५३६१००००१ रकम सहयोग गर्न वा ९८४१९९०७१२ नम्बरमा सिधा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्