राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त गर्ने तयारी



काठमाडौ,माघ ८ । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक मोन्टी देसाई नियुक्त हुने भएका छन ।

आवेदक २४ जनामध्ये देसाईलाई नै मुख्य प्रशिक्षकका रूपमा नियुक्त गर्न नेपाल क्रिकेट संघ ‘क्यान’ले अन्तिम तयारी गरेको हो । आवेदकमध्ये पाँच जनासँग अन्र्तवार्ता लिएर क्यानले देसाईलाई नियुक्त गर्ने प्रक्रिया अघि बढाएको हो ।

क्यानको सिफारिस राखेपले स्वीकृत गरेपछि देसाईले जिम्मेबारी सम्हाल्ने बताइएको छ । देसाईले सन् २०१७ मा देसाई नेपालका ब्याटिङ सल्लाहकार थिए । २०१४ को ट्वान्टी–२० विश्वकप र २०१५ मा आयरल्यान्ड र स्कटल्यान्डमा भएको ट्वान्टी–२० विश्वकप छनोटमा पनि देसाई नेपाली टिमसँग आबद्ध थिए । देसाईले अफगानिस्तान र युनाइटेड अरब इमिरेट्सको ब्याटिङ प्रशिक्षकका रूपमा काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्