एक महिनाको गैँडा मृत अवस्थामा भेटियो



चितवन,माघ ८ । भरतपुर महानगरपालिका–२६ मा एक महिनाको गैँडा मृत अवस्थामा भेटिएको छ । शनिबार आमासँगै रहेको गैँडापछि मृत अवस्थामा भेटिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मेघौली उपभोक्ता समितिअन्तर्गत नारायणी नदीको पूर्वी वन क्षेत्रमा रहेको गर्दहा वन क्षेत्रमा बच्चा गैँडा मृत अवस्थामा भेटिएको हो ।

भाले बच्चा आमासँगै रहेको अवस्थामा मृत भेटिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्