सुन तोलामा ३ सय रुपैयाँले बढ्यो, प्रतितोला कति ?



काठमाडौ,माघ ९ । नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । आज सुन तोलामा ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ५ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, सोमबार सुनको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्