साउनयता ६० आगलागीका घटना



काठमाडौं,माघ ११ । साउनयता उपत्यकामा ६० वटा आगलागीका घटना भएका छन् । दमकल कार्यालय काठमाडौंले दिएको जानकारीअनुसार यो महिना सबैभन्दा बढी आगलागीका घटना भएका छन् ।

फायर कमान्डर नरेशराज कुँवरका अनुसार यो महिनाको १० गतेसम्म ५ वटा आगलागीका घटना भएका छन् । तीमध्ये सबैभन्दा ठूलो सोमबार राति ललितपुर महानगरपालिका–३ स्थित सिहिटीमा भएको थियो । राति करिब साढे ९ बजे कृष्ण अधिकारीलगायतले सञ्चालन गरेको डाइपर गोदाममा आगलागी हुँदा करिब ३ करोड रुपियाँ बराबरको क्षति भएको थियोे ।

आगलागीलगत्तै ललितपुर महानगरपालिकाको दमकल पुगेको थियो । सो दमकलले आगलागी नियन्त्रण गर्न नसकेपछि कामपाको दमकल पनि पुगेको थियो । साढे ९ बजेबाट लागेको आगो मंगलबार बिहान साढे ४ बजे नियन्त्रणमा आएको कामपा दमकल प्रमुख प्रकाश पण्डितले भन्नुभयो । उहाँका अनुसार सुरूमा कवाड कारखानामा आगलागी भएको थियो । त्यहाँको आगलागी नियन्त्रण भएको अनुमान गर्दागर्दै डाइपर गोदममा आगलागी भयो । सो आगलागीबाट करिब ३ करोड रुपियाँ बराबरको क्षति भएको दमकल प्रमुख पण्डितको भनाइ थियो ।

फायर कमान्डर कुँवरले छोटेलाल साह र रञ्जन गुप्ताले सञ्चालन गरेको कवाड कारखानामा भएको आगलागीबारे प्रहरीले अनुसन्धान जारी राखेको बताउनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र  दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्