बानेश्वरमा आफैलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको मृत्यु



काठमाडौँ,माघ ११ । बानेश्वरमा आफैलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ ।

मंगलबार आचार्यले आफैलाई आगो लगाएका थिए । इलामका आचार्यको उपचारका क्रममा मृत्यु भएको कीर्तिपुरस्थित बर्न अस्पतालले जनाएको छ ।

अस्पतालको बर्न वार्डका प्रमुख डा. सुरेन्द्र बस्नेतका अनुसार बुधबार बिहान साढे ५ बजे उपचारका क्रममा उनको मृत्यु भएको हो । आचार्यको शरीरको ८० प्रतिशतभन्दा बढी भाग आगोले जलेको थियो ।

प्रतिक्रिया दिनुहोस्