बोतल र जर्किनमा पेट्रोलियम पदार्थको बिक्री वितरण गर्न नपाइने



काठमाडौं,माघ ११ । अब बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री वितरण नपाइने भएको छ । प्रहरीले आज एक सूचना प्रकाशित गर्दै केही पेट्रोल पम्पहरुबाट खुला रुपमा बोतल, जर्किनलगायतका भाडामा पेट्रोलियम पदार्थको बिक्री वितरण भएको ध्यानाकर्षण भएको जनाएको हो ।

परिसरले पेट्रोलियम पदार्थ खुला बिक्री गर्दा तथा असुरक्षित ओसारपसार गर्दा र घर पसलमा भण्डारण गर्दा आगलागी हुन भएकाले बोतल र जर्किनमा पेट्रोलियम पदार्थको बिक्री नगर्ने भनेको हो ।

मंगलबार संघीय संसद् भवनअगाडि आफैंलाई आगो लगाएर प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । त्यसैगरी, केही समय अघिमात्रै एक युवतीले पनि इन्गेजमेन्ट टुटेपछि प्रेमीको घर अगाडि आत्मदाह गरेकी थिइन् । केही दिनअघि सिभिल मल अगाडि पनि एक युवकले आत्मदहको प्रयास गरेका थिए ।

इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह गरेका थिए । सोहि घटानमा केन्द्रित हुदैं प्रहरीले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्