नुवाकोटको पञ्चकन्यामा गाउँपालिका स्तरीय सहकारी स्थापना



नुवाकोट,माघ ११ । जिल्लाको पञ्चकन्यामा गाउँपालिकामा गाउँपालिका स्तरीय सहकारी स्थापना भएको छ ।

गाउँपालिकाको कार्यालय घले भञ्ज्याङमा हालै भएको भेलाले पालिका स्तरीय सहकारी स्थापना गरेको हो ।

पञ्चकन्या बहुउद्देश्यीय सहकारीको अध्यक्षमा मणिनाथ लामिछाने चयन भएका छन् । समितिको उपाध्यक्ष छिरिङ दोर्जे तामाङ, सचिवमा सुदेश सुवेदी, कोषाध्यक्षमा सुलोचना गजुरेल, संचालक समिति सदस्यमा रामहरी भण्डारी सहित ११ जना संस्थापक सदस्य चुनिएका छन् ।

कार्यसमितिले प्रथम बैठक समेत सम्पन्न गरेको छ । सो सहकारीले निकट भविष्यमा रुपैयाँ १०० प्रतिकिताको सेयर जारी गर्ने तयारी समेत गरेको छ । सहकारीले विशेष गरि कृषि ,पशु,शिक्षा, स्वास्थ ,पर्यटन ,उद्योग लगायत क्षेत्रमा मुख्य प्राथमिकता दिनेछ । सहकारीको मुख्य कार्यालय पञ्चकन्या ३ घले भञ्ज्याङ् मा रहेको र निकट भविष्यमा प्रत्येक वडामा शाखा विस्तार गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्