अवैध क्रसर उद्योग संचालनमा लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्ने सरकारको निर्णय



काठमाडौं,माघ ११ । सरकारले अवैध क्रसर उद्योग संचालनमा लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्ने भएको छ। बुधबार बसेको मन्त्रीपरिषद बैठकले तत्कालका लागि अवैध रूपमा संचालित क्रसर उद्योगमाथी लगाइएको प्रतिबन्ध लागु नगर्ने निर्णय गरेको हो ।

सरकारले गत पुस २० गतेदेखि अवैध रूपमा संचालन भएको क्रसर उद्योग बन्द गराएको थियो ।क्रसर उद्योग बन्द हुँदा निर्माणाधीन आयोजना हरु प्रभावित भएका थिए ।

उद्योगि व्यवसायीहरुले पनि प्रतिबन्ध हटाउन सरकारलाई चर्को दबाब दिदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्