क्रसर उद्योग खोल्न दिने सरकारको निर्णय, असारसम्म मापदण्ड पूरा नगरे फेरि बन्द गर्ने !



काठमाडौं,माघ १२ । सरकारले क्रसर उद्योगहरू खोल्न दिने निर्णय गरेको छ । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै दर्ता विना र मापदण्ड विपरीत चलेका क्रसरहरू बन्द गर्न निर्देशन दिएको थियो ।

सरकारले मापदण्ड पूरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा दिने गरी दर्ता भएका उद्योगहरू चल्न दिने निर्णय गरेको हो । असारसम्म पनि मापदण्ड पूरा नगरेमा भने त्यस्ता क्रसर उद्योग पुनः बन्द गर्ने सरकारको योजना छ ।

आयोजना विशेषका लागि खुलेका तर, आयोजना सम्पन्न भएपछि पनि चलिरहेका क्रसर उद्योगहरु भने बन्द नै रहनेछन् ।

क्रसर उद्योग बन्द हुँदा भौतिक पूर्वाधारका आयोजनाहरुमा काम प्रभावित भएको थियो । निर्माण व्यवसायीले काम नै छाडेपछि सरकारमाथि क्रसर उद्योग खोल्न दबाब परेको थियो ।

प्रतिक्रिया दिनुहोस्