बुद्धभुमि नेपाल हाइड्रोपावरको साधारण सभा फागुन ५ गते, सेयरधनीको हात भने रित्तो



काठमाडौै,माघ १२ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले १४औं वार्षिक साधारण सभा फागुन ५ गतेका लागि बोलाएको छ । सभा वालनट बिस्ट्रो एण्ड ब्याक्वेट पानीपोखरीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ । सभाले कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको आर्थिक सहयोगलाई अनुमोदन गर्ने ,आफ्नो चुक्ता पूँजी र सञ्चित मुनाफा भन्दा बढी हुने गरी लिएको ऋण अनुमोदन गर्ने प्रस्ताव समेत सभाको कार्यसूचीमा समावेश गरीएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १९ गते बुक क्लोज गर्ने भएको हुदाँ माघ १८ गते सम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्