सुनले नयाँ रेकर्ड कायम, प्रतितोला कति ?



काठमाडौं,माघ १२ । सुनले नयाँ रेकर्ड कायम राखेको छ । सुन आज तोलामा ७ सय रुपैयाँले बढेर आजसम्मकैं उच्च मूल्यमा पुगेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ६ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बुधबार प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको चाँदी तोला १५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्