अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल बन्द



काठमाडौं,माघ १४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको सर्भर डाउन हुँदा १ घण्टा भन्दा बढी समयदेखि विमान उडान र अवतरण बन्द भएको छ ।

हाल त्रिभुवन विमानस्थलबाट उड्नुपर्ने जहाज र यहाँ अवतरण हुने जहाज दुवै रोकिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको हाे ।

आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुहरु विमानस्थलमा नै अलपत्र परेका छन् । गृह मन्त्रालयमातहतको अध्यागमनको सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसेकेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।

प्रतिक्रिया दिनुहोस्