सुनको मूल्य फेरि बढ्यो



काठमाडौं,माघ १५ । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको हो ।

शुक्रबार तोलामा १ हजार १ सय रुपैयाँले घटेर १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज फेरि तोलामा दुई सय रुपैयाँ बढेर १ लाख ६ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने १५ रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्