नुवाकोट जेसीजमा सुमन भण्डारी

नुवाकोट,माघ १६ । नुवाकोट जेसीजमा सुमन भण्डारी चयन भएका छन् ।
सोमबार भएको जिल्ला भेलाले भण्डारीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
जेसीज बर्ष २०२३ काे अन्य पदाधिकारीमा नवराज सुवेदी, उपाध्यक्षमा जेसी किशोर आर्याल, जेसी हिमन रिमाल, जेसी जीवन तामाङ, नारायण प्याकुरेल, मनिष अधिकारी, राजेन्द्र पनेरू रहेका छन् ।
त्यस्तै कानुनी सल्लाहकारमा जेसी अरुणराज पाठक चयन भएको नुवाकोट जेसीसले जनाएको छ ।