आज तोलामा ५ सय रुपैयाँले बढ्यो सुनचाँदीको मुल्य .



काठमाडौं, माघ १८ ।  बुधबार सुनचाँदीको मुल्य बढेको छ। मंगलबार प्रति तोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ५ सयले बढेर प्रति तोला १ लाख ५ हजार ८ सयमा कारोबार भइरहेको छ । चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ९१ हजार १ सय ३५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९० हजार ७ सय ५ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७४ रुपैयाँ ५० पैसा कायम गरेको छ।

प्रतिक्रिया दिनुहोस्