बागमती प्रदेशसभा बैठक माघ २२ गते बस्ने

काठमाडौं,माघ १८ । बागमती प्रदेशसभा बैठक माघ २२ गते बस्ने भएको छ ।
बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक यही माघ २२ गते अपराह्न २ बजेका लागि आह्वान गरिएको हो ।
प्रदेशसभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेपछि स्थगित भएको थियो ।