प्यूठान महोत्सवको स्टल बुकिङ्ग खुल्यो, कृषिलाई निःशुल्क र सदस्यलाई २५ प्रतिशत छुट



प्यूठान,माघ १८ । लुम्बिनी प्रदेश स्तरीय कृषि, पर्यटन, ऊर्जा तथा औद्योगिक व्यापार मेला स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सव २०७९ का लागि स्टल बुकिङ्ग खुला गरिएको छ । बुधवार महोत्सव सचिवालय विजुवारमा बसेको स्टल व्यवस्थापन समितिको बैठकले बुकिङ्ग खुला गर्ने निर्णय गरेको हो ।

कृषि उपज उत्पादन प्रर्दशनीका लागि निःशुल्क स्टल उपलब्ध गराईने मुख्य आयोजक प्यूठान उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनालले जानकारी दिए । त्यसैगरी संघका सदस्यहरुलाई स्टल शुल्कमा २५ प्रतिशत छुट दिइनेछ ।

स्थानीय उत्पादन, महिला तथा लघु उद्यमीहरुबाट उत्पादित बस्तुहरुको विक्रिका लागि न्यून शुल्कमा स्टल उपलब्ध गराईने खनालले बताए ।बुकिङ्ग भएका स्टलहरु फागुन ३ गते दिउँसोसम्म सजावत गरिसक्नुपर्ने समयसिमा तोकीएको स्टल व्यवस्थापन समितिका संयोजक रमेश पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्