थपिए १२ जना कोरोना संक्रमित



काठमाडौं,माघ १९ । पछिल्लो २४ घण्टामा देशभर थप १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८५० जनाको नमूना परीक्षण गरिएको थियो ।

१५७ जनाको पीसीआर र ६९३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बिहीबार ५ जना संक्रमणमुक्त भएका छन् भने देशभर १६ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्