मानव चेतना विकासका लागि खेलकुद : अधिकारी



प्युठान,माघ १९ । मानव चेतना विकासका लागि खेलकुद क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने संविधान सभा सदस्य नारायण अधिकारीले बताएका छन्।

माण्डवी गाउँपालिका प्युठानको आयोजनामा मंगलबारदेखि शुरु भएको प्रथम रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै अधिकारीले भने, ‘खेलाडी राज्यका गहना हुन, खेलका माध्यमबाट खेलाडीहरुले देश चिनाउन सक्छन्।’ माण्डवी-३ मार्सिबाङ खेल मैदानमा सम्पन्न रनिङ शिल्ड प्रतियोगितामा प्रथम माण्डवी मा.वि नयाँगाउ भएको छ।

गणेश मा.वि तिराम दृतिय र तेस्रो कामाक्षी मावि उदयपुरकोट भएको छ। समापन कार्यक्रममा माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी (रोशन)ले खेलाडी सधैं अनुशासित भएर अगाडी बढनुपर्ने बताए। रोशनले भने ‘खेलाडी बर्दी बिनाको सिपाही हुन्।’

समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कलाथोकी, प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे, वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो। प्रतियोगिटामा विजयी खेलाडी, रेफ्री एम्पाएर, विद्यालयका खेलकुद शिक्षकहरुलाई शिल्ड,प्रमाणपत्र र मेडल प्रदान गरिएको छ। मंगलबार प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्दघाटन प्रतिनिधि सभा सदस्य सूर्य थापाले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्