सुनको मूल्यले १० दिनमा तेस्रो पटक बनायो नयाँ रेकर्ड



काठमाडौं,माघ २०। ७ दिनअघि अहिलेसम्मकै सर्वाधिक कायम भएको सुनको मूल्यमा आज फेरि रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको १ लाख ७ हजार ५०० रुपैयाँ तोकिएको छ । यसअघि यही माघ १२ गते सुनको मूल्यमा रेकर्ड कायम भएको थियो । उक्त दिन सुन तोलाको १ लाख ६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यसयता भने सुनको भाउमा उतारचढाव देखिएको थियो ।

त्यसअघि यही माघ १० गते सुनको मूल्य सर्वाधिक कायम भएको थियो । उक्त दिन सुनको मूल्य तोलाको १ लाख ६ हजार ३०० रुपैयाँ तोकिएको थियो । यसआधारमा पछिल्लो १० दिनयता सुनको भाउ तेस्रोपटक सर्वाधिक कायम भएको छ । 

सुनसँगै चाँदीको भाउ पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ । हिजो यसको मूल्य तोलाको १ हजार ३७० रुपैयाँ थियो । 

प्रतिक्रिया दिनुहोस्