थपिए १ जना कोरोना संक्रमित

काठमाडौं,माघ २० । थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११६१ जनाको नमूना परीक्षण गरिएको थियो ।
२७२ जनाको पीसीआर र ८८९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।