नुवाकोटको शिवपुरी गाउँपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगिता सम्पन्न



नुवाकोट,माघ २० । जिल्लाको शिवपुरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगिता शुक्रबार गाउँपालिकाको सुनखानीमा रहेको रंगशालामा भएको हो ।

प्रतियोगितामा एथलेटिक्स तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर र ८०० मिटर दौड कायम गरिएको थियोे । प्रतियोगितामा जनज्ञान निकेतन विद्यालय थानापतिका सहभागीले प्रथम पुरस्कार हासिल गरेका थिए । स्याउरे भूमि माध्यमिक विद्यालय दोस्रो र जानकी माद्यामिक विद्यालय तेस्रो भएको छ ।

कार्यक्रम‌ शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलिया, गाउँपालिका उपाध्यक्ष विरबहादुर तामाङ, विभिन्न वडाका अध्यक्ष, जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्तोष राई लगायतको उपस्थिति रहेको थियोे । गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा १६ वटा विद्यालयहरुले एथलेटिक्स तर्फका विभिन्न १६ बिधामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्