कतारमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा



काठमाडौं,माघ २१ । कतारमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा परेको छ । शुक्रबार खोलिएको बिग टिकट र्याफल ड्रमा कतारमा कार्यरत रन्जितकुमार पालले २३ मिलियन दिराम अर्थात  ८२ करोड रुपैयाँ जितेका छन् ।

दोहामा कार्यरत पालले जनवरी १६ मा खरिद गरेको टिकट नम्बर २३२९३६ ले जितेका हुन् ।

उनी विगत सात वर्षदेखि कतारको राजधानीमा मनी एक्सचेन्ज कम्पनीमा काम गर्दै आएका छन् ।

उक्त रकम जितेको खबर प्राप्त गरेसँगै उनी उत्साहित भएका छन् । उनले उक्त सम्पूर्ण रकम नेपाल फर्केर परिवारमा खर्च गर्ने बताएका छन् । ‘म रोमाञ्चित छु । म यो पैसा नेपाल फर्केर मेरो परिवारमा खर्च गर्नेछु ।’

पालले विगत १५ महिनादेखि २० साथीहरूको समूहसँग बिग टिकटहरू खरिद गर्दै आएका छन् । उनले टिकट खरिद गर्ने कार्यलाई निरन्तरता दिने समेत उल्लेख गरेका छन् । ‘म नगद, सुन र ड्रीम कार पुरस्कार जित्ने मेरो भाग्य प्रयास 

प्रतिक्रिया दिनुहोस्