एमाले अध्यक्ष ओली बालुवाटारमा

काठमाडौं,माघ २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्डलाई भेट्न ओली शनिबार बिहान बालुवाटार पुगेका हुन्।
दुइ नेताबीच राष्ट्रपति निर्वाचन, गृहमन्त्रीको नियुक्ति लगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई गृहमन्त्रीको लागि दिएको दुई दिनको समय सीमा आज सकिँदै छ । सत्ता साझेदारदलहरुबीच भएको सहमति अनुसार रास्वपाले गृहमन्त्री दाबी गर्दै आएको छ ।
रास्वपाले गृहमन्त्री नपाए सरकार छोड्ने चेतावनी दिइसकेको छ । सोही विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको बताइएको छ ।