प्यूठान महोत्सवमा उत्कृष्ट टिकटक बनाउनेलाई पुरस्कार



प्यूठान,माघ २१ । स्वर्गद्वारी प्यूठान पाँचौं महोत्सव २०७९ प्रवद्र्धनका लागि उत्कृष्ट टिकटक बनाउनेलाई पुरस्कार प्रदान गरिने भएको छ ।

शुक्रवार बसेको डिजिटल मेला महोत्सव प्रवद्र्धन समितिको बैठकले दुई विधाको टिकटक प्रतियोगिता संचालन गर्ने निर्णय गरेको हो । महोत्सव अगावै प्रवद्र्धनात्मक तथा सिर्जनशिल टिकटक मध्ये उत्कृष्ट तीनलाई पुरस्कारको व्यवस्था गरिएका समितिका संयोजक डिल्लीराज पराजुलीले बताए । दोश्रो चरणमा महोत्सव अवधि र स्थलमै टिकटक बनाउने उत्कृष्ट तीन जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

महोत्सव प्रचार प्रसारलाई टेवा पुग्ने र जिल्लाको पहिचानलाई बढाउने गरी प्रतियोगितालाई प्राथमिकता दिइएको समितिले जनाएको छ । भिडियोहरु #pyuthanmahotsav ह्यास ट्याग अनिवार्य प्रयोग गरिएको हुुनपर्नेछ । महोत्सवलाई प्रविधियुक्त बनाउन विभिन्न योजनाहरु अघि सारिएको समितिका सहसंयोजक एलवी थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्