प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं,माघ २४ । प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका हुन् ।
मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आसन्न राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवाचलयले जनाएको छ । राष्ट्रपतिको निर्वाचन २५ फागुनमा हुँदैछ ।