जनयुद्ध दिवसमै विमला वलीले गरिन् माओवादी केन्द्र परित्याग



फागुन, दाङ । जनयुद्ध दिवसमै विमला वलीले माओवादी केन्द्र परित्याग गरेकी छन् ।

लुम्बिनी प्रदेशकी निवर्तमान प्रदेशसभा सदस्य विमलाकुमारी वलीले नेकपा माओवादी केन्द्र परित्याग गरेकी हुन् । पार्टीले आफूलाई असहयोग र बेवास्ता गरेको भन्दै वलीले पार्टी परित्याग गरेकी हुन् ।

आफ्नो राजनीतिक उतार चढावमा बेलामा उनलाई पार्टीले कुनै सहयोग नगरेको गुनासो गरेकी छन् । ‘मलाई जबरजस्ती मन्त्री पदबाट राजीनामा दिन लगाइयो । त्यसपछि पार्टीले मलाई कुनै वास्ता गरेन । भूमिकाहीन बनायो’ उनले भनिन्, ‘पार्टीले युज एण्ड थ्रो गर्यो । त्यसैले पार्टीबाट राजीनामा दिएकी हुँ ।’

प्रतिक्रिया दिनुहोस्