नेपालको लगातार तेस्रो जित



काठमाडौं,फागुन ६ । आईसीसी लिग–२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले नामिबियालाई पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नामिबियालाई ३ विकेटले पराजित गर्दै नेपालले सिरिजमा लगातार तेस्रो जित निकालेको हो । नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्‍यो ।

योसँगै नेपाल आईसीसी लिग–२को अंक तालिकामा  २७ खेलमा २४ अंक भएको छ र छैटौं स्थानमा रहेको छ । नामिबियाको ३३ खेलमा ३७ अंक रहेको छ र अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्