बौडेश्वर माध्यमिक विद्यालयका विद्यार्थी सम्मानित



काठमाडौं,फागुन ८ । बौडेश्वर माध्यमिक विद्यालयका विद्यार्थी सम्मानित भएका छन् । टाेखा नगर स्तरीय दाेश्राे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पुरस्कृत हुने विद्यालयका विद्यार्थी सम्मानित भएका हुन् ।

सम्मानित हुने विद्यार्थीमा ४ सय मिटर दौड तर्फ प्रथम भएकी छात्रा पुर्णिमा लामा, १ सय मिटर दौड तर्फ द्दितिय अर्चना तामाङ, हाइजम्प तर्फ पुर्णिमा लामा रहेका छन् ।

त्यस्तै लङ जम्प तर्फ प्रथम पुर्णिमा लामा, हाईजम्प तर्फ अभिमन्यु थिङ, त्रिपल जम्पमा अर्चना तामाङ, १५ सय मिटर दौड सिदुका मल्ल र पेम्बा तामाङ सम्मानित भएका छन् । बिजेतालाई विद्यालयका प्रधानाध्यापक घनश्याम खतिवडाले सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्