नुवाकोट थानसिङमा आजदेखि जर्मन चिकित्सकद्वारा दाँत परिक्षण गरिने



नुवाकोट,फागुन १२ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ थानसिङमा आजदेखि जर्मन चिकित्सकद्वारा दाँत परिक्षण गरिने तयारी गरिएको छ ।

थानसिङको भट्ट थोकमा रहेको सिद्दीगणेश आधारभूत विद्यालय प्राङ्गणमा दन्त परिक्षण गरिने विद्यालयमा सेवारत जर्मन संस्था हेल्फे नेपालले जनाएको छ ।

विद्यालयमा खाजा, स्टेसनरी तथा पोशाक सहयोग गर्दै आइरहेको सो संस्थाले ४ जना जर्मन डाक्टर झिकाई उपचार गर्न लागेको संस्थाका गोकर्ण गुणीले बताए । उनका अनुसार दाँत सफा गर्ने, फिलिङ गर्ने लगायतका सबै उपचार हुनेछ ।

दाँत खिइने समस्या र उपचार

मुखमा सात सय किसिमका व्याक्टेरिया हुने गर्छ, जसको संख्या करौडोको हाराहारीमा हुने गर्छ  ।  यही व्याक्टेरियाले दाँत तथा मुखको समस्याबाट बचाँउने गर्छ । यदी मुख, दात तथा जिब्रोको सफाई सही तरीकाले नभएको अवस्थामा उक्त व्याक्टेरियाले दात तथा गिजालाई हानी पु¥याउने गर्दछ ।

विशेषगरी, पायरिया भएमा त्यसले दातलाई सर्पोट गर्ने गिजाको हड्डीमा समस्या उत्पन्न हुने गर्छ । पाइरिया भएमा दाँतको गिजा पहेलो तथा खराब हुन थाल्छ र त्यसबाट खुन निस्कन थाल्छ ।

त्यसबाहेक, कलेजोको खराबीका कारण पनि रगतमा लम्लियपन बढ्न थाल्छ । दुषित रक्त अम्लियपनाका कारण दात पायरियाबा टप्रभावित हुने गर्छ ।

त्यस्तै,  पान, सुपारी लगायतका सुर्तीजन्य पदार्थका कारण पनि पायरिया हुन गर्छ ।

सामान्यतथा पायरिया कैल्सियमको कमी, गिजाको खराबी तथा दात तथा मुखको खराबीका कारण हुने गर्छ ।

पायरियाका लक्षण

पायरिया भएमा सासबाट दुर्गन्ध आउन थाल्छ । गिजा सुुनिन थाल्छ । दात कजोर भई हल्लिन थाल्छ । बढी तातो तथा चिसो पेय पदार्थको सेवनले दात सिरिङ्ग हुन थाल्छ । छुँदा समेत गिजा सुनिन थाल्छ । साथै दुई दाँतको बीच ग्याप रहन थाल्छ ।

पायरियाबाट बच्ने उपाय

खाना पछि दैनिक दुई पटक ब्रस गर्न जरुरी छ । ब्रस गर्दा दाँतको राम्ररी सफाई गर्नु पर्छ । दाँत सफा गर्दा नरम ब्रसको प्रयोग गरौ । राती सुत्नु अगावै दातको राम्ररी सफाई गर्नु पर्छ । हरेक पटक खाना खाएपछि राम्ररी मुख कुला गर्नुपर्छ ।

अन्यथा समयमै उपचार नगरेको खण्डमा पायरिका कारण दाँत तथा गिजामा संक्रमण भई दाँत झर्न थाल्छ

दाँत सफा, बलियो राख्नका लागि नियमित ब्रस गर्ने, जाँच गर्ने गर्नुपर्छ । खाना खाएपछि मुख कुल्ला गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्