नुवाकोट सुनखानीको ग्रामिणदेवी माध्यमिक विद्यालयमा रक्सी पार्टी



नुवाकोट,फागुन १३ । जिल्लाको सुदुरपूर्वी शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीमा रहेको ग्रामिणदेवी माध्यमिक विद्यालयमा रक्सी पार्टी चलेको छ । रक्सी पार्टीमा सहभागी एक युवाले शुक्रवार सो पार्टीको आयोजना गरिएको बताए ।

हामीलाई प्राप्त तस्बिरमा एक हुल युवा रक्सीको चुस्कीमा रमाइरहेको स्पष्ट देखिन्छ । पार्टी विद्यालयको दिवाखाजा परिसरमा गरिएको छ ।

स्थानीय मजदुर र सोही गाउँको युवाले पार्टी गरेको बुझिएको छ । उनीहरुले काम सम्पन्न गरेको अवसरमा रक्सी पार्टी आयोजना गरेका थिए । सो पार्टीको तस्वीर सामाजिक संजालमा छरपस्ट भएपछि सम्बन्धित निकायले जवाफ दिनुपर्ने स्थानीयले बताएका छ ।

प्रतिक्रिया दिनुहोस्