नुवाकोटको ग्रामिणदेवीमा भएको भोज बारे ‘केयर फर चिल्ड्रेन’को स्पष्टीकरण



नुवाकोट, फागुन १३ । जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित ग्रामिणदेवी माध्यमिक विद्यालयमा शुक्रबार भएको भोज (पार्टी) बारे गैरसरकारी संस्था केयर फर चिल्ड्रेनले स्पष्टीकरण दिएको छ ।

विद्यालयमा भएको भोजबारे सामाजिक संजालमा आएको टिकाटिप्पणीको वास्तविक कुरा शैक्षिक गतिविधि नभई नितान्त ब्यक्तिगत खानपिन भएको सो संस्थाले जनाएको छ ।

संस्थाका गोकर्ण गुणीले विद्यालयमा भएको तारजाली कार्यक्रम पूर्ण भइ शुक्रबार विद्यार्थी घर गैसकेको समयमा कामदारलाई खानपिन गराएको विषयलाई अतिरन्जित ढंगले हल्ला फैलाएको बताए ।

लामो समयदेखि नुवाकोटका विभिन्न स्थानका शैक्षिक गुणस्तर सुधारका लागि खाजा, पोशाक, शैक्षिक सामाग्री वितरण गर्दै आएको आफ्नो इतिहासप्रति गर्व गर्दै आएको स्मरण गर्दै संस्थाप्रति कसैले दाग लगाउनु दु:खद पुर्ण भएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्